+
+

युनिलिभरले भन्यो- व्यवसाय रोक्ने निर्णय आपसी सहमतिमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १६:२९

१२ जेठ, काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेड (युएनएल)ले युनिक सोप र गंगा सोप एण्ड केमिकल इन्डस्ट्रीजसँग आपसी सहमतिको आधारमा व्यवसाय रोक्ने निर्णय गरेको स्पषट गरेको छ ।

दुईवटा तेश्रो पक्ष उत्पादकहरु बन्द भएको बारे गलत जानकारी फैलिएको भन्दै युनिलिभर नेपाल लिमिटेडले स्पष्टीकरण दिएको छ  ।

‘सहमति अनुरूप युनिक सोप र गंगा सोप एण्ड केमिकल इन्डस्ट्रीज उद्योगहरु क्रमशः २६ कार्तिक २०७५ र १७ चैत्र २०७५ गते देखि प्रभाव पर्नेगरी बन्द भएका हुन्, युनिलिभरले भनेको छ ।

युएनएलले दुबै सञ्चालकहरुसँग दुईपक्षीय पारस्पारिक सम्झौता समापन गरेता पनि, तेश्रो पक्ष उत्पादकहरुले वास्तविक अवस्थालाई नजर अन्दाज गर्दै सम्झौता समापनको लागि सौहार्दपूर्ण वातावरण सिर्जना नगरी अहिले आएर कम्पनीसँग अनुचित माग गरिरहेको दाव कम्पनीको छ ।

युनिलिभर नेपालले आफूले पालना गर्नु पर्ने सम्पूर्ण कानुनी प्रक्रिया पालन गरेको र पूर्ण पारदर्शिता र निष्पक्षता कायम गरी काम गरेको उसले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?