१२ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ ।
आइतबार अपराह्न सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो ।
तर, अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।
घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ ।
सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।
त्यहाँ पनि घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4