+
+

रामेछापमा टिपरमा आगजनी, नक्कली बमको त्रास

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १८:५७

१३ जेठ, रामेछाप । सदरमुकमा मन्थली नजिकै सोमबार अज्ञात समूहले एक टिपरमा आगजनी गरेको छ । जिल्लाको मन्थली नगरपालिका ६ हात्तीटारमा टिपरमा आगजनी भएको हो ।

विप्लव समुहले बन्द आह्वान गरेकै दिन आगजनी भएकोले बन्द विप्लव समूहका कार्यकर्ताले गरेको आशंका गरिएको छ । सिन्धुलीको खुर्कोटबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपर आगलागीबाट पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिए ।

त्यस्तै नेत्रविक्रम चन्द विप्लव समुहको बन्दको क्रममा मन्थलीमा नक्कली बम फेला परेको छ । जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा राखिएको नक्कली बमका कारण सोमबार केही समय त्रास फैलिएको थियो ।

रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले त्रास फैलाउने गरी मात्र राखिएको नक्कली बम भएको बताए । नक्कली बमको कारण यातायात साधन अवरुद्ध भएको थियो । सोमबार प्रहरीले स्कर्टिङ गरी मन्थलीदेखि खुर्काेटसम्म यातायात सञ्चालन गराएको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले विप्लव समुहको बन्दलाई मध्यनजर गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?