Comments Add Comment

भूकम्पपछि बन्द तातोपानी नाका खुल्यो

१५ जेठ, कोदारी । नेपाल चीन सीमा नाका तातोपानी ४ वर्षपछि बुधवारबाट सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो ।

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।

नाका खुलाउने कुरालाई चीनले उच्च महत्त्व दिएको देखिएको छ । चिनियाँ राजदूत मंगलवार साँझदेखि नै कोदारीमा आएर बसेकी थिइन् भने नाका पुनः सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं चिनियाँ पत्रकार आइपुगेका छन् ।

नाका सञ्चालनमा आए पनि  तत्कालका लागि मालबाहक ट्रकमात्र आवात-जावत हुनेछन् । मानिसहरुलाई आवत-जावत गर्न भने तत्काल दिइने छैन । २०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । भूकम्प अघिसम्म नेपालीहरु नेपाल-चीन मितेरी पुल पार गरेर चिनियाँ बजारसम्मै पुगेर सामानहरु किन्न पाउँथे ।

चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment