Comments Add Comment

प्रधानमन्त्री कप : प्रदेश दुईको पहिलो जित

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित दर्ता गराएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश दुईको जितमा हरिशंकर शाहले अर्धशतकीय पारी खेले । उनले अविजित ५५ रन बनाए । त्यस्तै हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले अविजित १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३०.४ ओभरमा सबै विकेटको क्षतिमा ९३ रन मात्रै बनाएको थियो । कर्णालीका लागि प्रकाश जैशीले ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले १४ रन बनाए ।

बलिङतर्फ प्रदेश दुईका कुमार थापाले तीन विकेट लिए । त्यस्तै, राशिद खान, सांशद शेख र हरिशंकर शाहले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment