Comments Add Comment

धादिङमा पर्यटक बस दुर्घटना : १ को मृत्यु, १५ जना घाइते

१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा पर्यटक बस सडकबाट २०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सुनौलीबाट काठमाडैंतर्फ अउँदै गरेको बा१प १३६३ नम्बरको पर्यटक बस र काठमाडैंबाट केरुङतर्फ जाँदै गरेको ना५ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किंदा बस सडकबाट महेश खोलामा खसेको हो ।

दुर्घटनामा एकजना पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको पहिचान भने नभएको प्रहरीले बताएको छ । मृतकको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाइएको छ ।

दुर्घटनामा घाइतेहरु भएका मध्ये ८ जना गम्भीर छन् । उनीहरूलाई उपचारका लागि काठमाडैं रेफर गरएको छ ।

अन्य ४ जनाको सिम्लेस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । २ जना महादेववेशीस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको ।  १ जना भने सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment