Comments Add Comment

नयाँ व्यवसायको लगानी सुरक्षा सरकारले ग्यारेण्टी गर्ने !

१५ जेठ, काठमाडौं ।नयाँ सोचका साथ कुनै पनि व्यवसाय गर्न चाहने नागरिकलाई सरकारले सघाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले त्यस्ता उद्यमीको लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने घोषणा गरेको छ ।

‘नयाँ सोच भएका तर लगानी डुब्छ कि भन्ने भयमा सार्वजनिक नभएका व्यवसायिक सोचलाई प्रवर्द्धन गर्न सरकारले यस्तो व्यवस्था गरेको हो,’ बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।

फण्डमा कति रकम हुने र कुन मोडलबाट लगानी सुरक्षाको ग्यारेन्टी गरिने भन्ने चाहिँ बजेटमा उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment