Comments Add Comment

बाबुराम भट्टराईले भने- गुणात्मक फड्को मार्ने खालको बजेट आएन

१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्राईले बजेट लोकप्रिय र वितरणमुखी भएको बताएका छन् । उनले यो बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिए ।

‘सामान्य अर्थमा ठीकै छ । निरन्तरतामा आएको छ । केही सकारात्मक पक्षहरु पनि छन् ,’ भट्टराईले भने,’उद्योगमा अलिकति प्रवर्द्धन गर्ने ढङ्गले उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार घटाउने, सार्वजनिक ऐनमा सुधार गर्ने कुरा लगायतका सकारात्मक छन् । सामाजिक क्षेत्रमा शिक्षाका क्षेत्रमा सामाजिक सुरक्षाका कुराहरुलाई सकारात्मक मान्नुपर्छ ।’

तर, यतिबेला आवश्यकता भनेको निरन्तरताको बजेट मात्रै नभएको उनको भनाइ छ । उनले आवश्यकता गुणात्मक ढङ्गले उत्पादन र रोजगारी बढाउने भएपनि गुणात्मक फड्को मार्ने ढङ्गले बजेट नआएको उनको टिप्पणी छ ।

‘देशको जुन कृषि प्रधान र बेरोजगारीले गााजिएको जुन अर्थतन्त्र छ । यसलाई गुणत्मक ढङ्गले प्रोतसाहन गर्नका लागि केही संरचनात्मक परिवर्तनका कुराहरु आउनुपर्थ्यो,’ उनले भने,’नीजि क्षेत्र र बाहृय क्षेत्रको लागानी प्रवर्द्धन गर्नको निम्ति संरचनात्मक सुधारको जुन अपेक्षा थियो । त्यस्तो चाँही आएन ।’

उनले पाँच लाख रोजगारी सिर्जना गराउने भनिएपनि त्यस्तो नीति नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment