+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सुदूरपश्चिम, कर्णाली र गण्डकी नाम खारेजीको माग गर्दै पहिचानवादीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते १४:५५

१६ जेठ, काठमाडौं । पहिचानवादीहरु फेरि आन्दोलित भएका छन् । बिभिन्न ९ वटा पहिचानवादी संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नामांकन गरिएका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदशेको नाम खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

यस्तै काठमाडौंमा नेवारहरुको जमीन, भाषा तथा सम्पदामाथि भएको अतिक्रमण तत्काल बन्द गर्नुपर्ने, उपत्यकामा बढिरहेको चाप नियन्त्रण गर्नुपर्ने, खस समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग पहिचानवादीहरुको छ । टीकापुर काण्डमा जेल चलान भएका रेसम चौधरीलाई रिहाइ गर्न पनि माग गरिएको छ ।

प्रदर्शन गर्नेहरूमा बिभिन्न पार्टीदेखि संगठन र अभियानहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?