Comments Add Comment

पूर्व-पश्चिम राजमार्गका पुल जीर्ण, वर्षामा दुर्घटनाको खतरा

१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।

सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ ।

बाग्मती नदीको सतह गहिरिएपछि पुलको पिलरको जगसमेत बाहिर देखिन थालेको छ । जीर्ण भएको पिलर जग बाटै कमजोर भएपछि कुनै पनि बेला दुर्घटनाको खतरा रहेको स्थानीयहरुले बताएका छन ।

पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ भने यातायात संचालनमा असहजता हुँदै आएको छ ।

केही वर्ष अघिसम्म बागमती नदीको सतहमाथि रहेपनि पछिल्लो वर्षहरुमा सतह गहिरिएको छ । वर्षेनी नदीको दक्षिणतर्फ पुल नजिकै ठूलो परिणाममा नदीजन्य पदार्थहरु निकाल्न थालेपछि पुलको जग नै देखिन थालेको हो ।

रौतहट र बाराको सिमानामा रहेको धन्सर पुल भत्किएपछि नयाँ पुल निमार्ण भएको थियो उक्त नयाँ पुलको पश्चिमतर्फको भाग पनि गतवर्ष आएको बाढील क्षति पुर्‍याएको छ ।

रौतहटको चादी नदी र पौराइ नदीमा रहेको पुल पनि जीर्ण अवश्थामा पुगेको छ । पुलको फलामहरुमा रंगरोगन लगाउने काम भएपनि नदीको सतह गहिरो हुँदै जाँदा पिलरको जगहरु देखिन थालेका छन् ।

देशको मेरुदण्डको रुपमा रहेको यस सडकखण्डको पुलहरु जीर्ण भएपछि वर्षाका बेला समस्या उत्पन्न हुन सक्ने खतरा बढेको छ ।

देशकै मेरुदण्डको रुपमा रहेको पुर्वपस्चिम लोकमार्ग अन्र्तगत रहेको पथलैयादेखि ढल्केवरसम्मको साना खोलाहरुमा रहेको पुल पनि जीर्ण बन्दै गएका छन ।

करिव ५० वर्षअघि रुस सरकारको सहयोगमा पथलैयादेखि ढल्केबर सम्म निर्माण भएको सडकमा ५५ वटा पुल छन जसमध्ये अधिकांश पुलहरु जीर्ण भएका छन ।

धेरै पहिले निर्माण भएका पुलहरुको आयु समाप्त हुन लागेको र जीर्ण अवश्थामा रहेको सडक डिभिजन कार्यालय रौतहटका सूचना अधिकारी ईन्जीनियर मदन मोहन सिंहले बताए ।

सडक डिभिजन कार्यालयले पुलको अवश्था खराब रहेको भन्दै पुल महाशाखालाई रिर्पोटिङ्ग गरेको बताउदै इन्जिनियर सिंहले भने, ‘सामान्य खालका मर्मतसम्भारका कामहरु मात्रै अहिले भएका छन् । केही ठाउँमा नयाँ पुल नै बनाउनु पर्ने आवश्यक्ता छ र सो को बारेमा पुल महाशाखालाई जानकारी गराएका छौं ।’

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-ढल्केबर सडक खण्डको ६९ वटा पुलहरु नयाँ बनाउनका लागि छलफल र प्रकृया अगाडि बढेको पुल महाशाखाले जनाएको छ ।
जीर्ण भएका पुलहरुले जोखिम बढाएको सडक प्रयोगकर्ताहरुको गुनासो छ । बारा जिल्लाको तीन नम्बर पुल भासिएर मर्मत हुँदैछ ।

यस्तै बाराकै दुधौरा खोलाको पुल दुईपटक भासिएर मर्मत गरिएको थियो । यसै गरी लालबकैया तथा पसाहा नदीमा रहेको पुल पनि जीर्ण हुँदै गएको छ ।

दैनिक तीन हजार भन्दा बढी साना तथा ठूला सवारी साधन संचालन हुने सडकका पुलहरु व्यवस्थित हुनुपर्ने सवारी चालकहरुको भनाइ छ । अधिकांश पुलहरु सिंगल लेन र रोड दुई लेन हुँदा समस्या भएको प्राविधिकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment