Comments Add Comment

प्रेमिका हत्या गर्ने दिनेशलाई जन्मकैद सजाय

१६ जेठ, विराटनगर । अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर १० का दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले ३० वर्षका भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो ।

दिनेशले २०७५ साल भदौ १ गते प्रमिका २३ वर्षकी शिखा घिमिरेको हत्या गरेका थिए । भदौ १ गतेबाट लागु अपराध संहिताको व्यवस्था अनुसार भट्टराईलाई जन्मकैद फैसला भएको हो ।

अदालतले पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । दिनेशले २०७५ भदौ १ गते ग्रामथान गाउँपालिका ३ स्थित नरहको बाटोमा धारिलो हतियार प्रहार गरी शिखाको हत्या गरेका थिए । शिला अष्टेलिया जाने तयारीमा थिइन् ।

पारिवारिक सल्लाह मै उनीहरुले कानुनी रुपमा (पेपरम्यारिज) विवाह गरेका थिए । विराटनगरबाट स्कुटरमा सँगै बेलवारीतर्फ गएका दिनेशले ग्रामथानमा पुगेपछि धारिलो हतियार प्रयोग गरी शिखाको हत्या गरेका थिए ।

खुकुरी प्रहार गरेको देखेपछि गाउँलेहरुले दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थिए । जिल्ला अदालतले गत भदौ २७ गते पुर्पक्षमा राख्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment