Comments Add Comment

क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई तीन लाख सहयोग

१७ जेठ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले ३ लाख रुपैयाँ प्रदान गरेका छन् ।

भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका छन् ।

बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर दीपेन्द्र पोखरेलले रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई १ लाखको चेक हस्तान्तरण गरे ।

म्यानेजर पोखरेलले होटलमा काम गर्ने कर्मचारीहरुको दुई दिनको तलबबाट रंगशाला निर्माणमा सहयोग गरिएको बताए । होटलका म्यानेजिङ डिरेक्टर दिलिप मैनालीले होटलका तर्फबाट धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष र पदाधिकारीलाई चितवन आउँदा वासको निशुल्क प्रबन्ध गरिएको बताए ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन आग्रह गरे ।

रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र सडकको विषय महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताए । उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउन तयार रहेको विश्वास दिलाए ।

सो कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले देशकै गौरवका रुपमा रहेको रंगशालाका निर्माणमा चितवनवासीको साथ रहेको भन्दैं सानातिना घटनाबाट विचलित नहुन धुर्मस सुन्तली फाण्डेशनलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment