Comments Add Comment

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि अष्ट्रेलियाको सहज जित

१९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता टिम अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो ।

२०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । वार्नरले अविजित ८९ रन बनाए । त्यस्तै, कप्तान फिन्चले ४९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६६ रन बनाए । यी दुई खेलाडीले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका लागि स्टेभन स्मिथले १८ रन बनाउँदा उस्मान ख्वाजाले १५ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१, रहमत साहले ४३, कप्तान गुल्बदिन नाइबले ३१ र राशिद खानले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पा र पट कुमिन्सले समान ३-३ विकेट लिए । दुई विकेट भने मार्कुस स्टोनिसको नाममा रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment