९ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्धको अग्रतालाई दोब्बर बनाएको छ ।
फिलाडेल्फिया स्टेडियममा भारी वर्षाका कारण दुई घन्टा रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले दोस्रो गोल गरेको हो ।
कप्तान किलियन एम्बाप्पेले खेलको ५४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यसअघि १४औं मिनेटमा एम्बाप्पेले नै गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका हुन् ।
पहिलो खेलमा फ्रान्सले सेनेगनलाई ३–१ ले हराउँदा इरान नर्वेसँग ४–१ ले पराजित भएको थियो ।
प्रतिक्रिया 4