+
फिफा विश्वकप २०२६ :

एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता

२०८३ असार  ९ गते ३:०४ २०८३ असार ९ गते ३:०४

फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

९ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध अग्रता लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

उनले डिबक्सभन्दा केही बाहिरबाट गरेको प्रहार इराकका गोलकिपरले रोक्ने कुनै अवसर नै पाएनन् ।

जारी विश्वकपमा तेस्रो गोल गरेका एमबाप्पेले विश्वकपमा यो १५औं गोल हो । उनले सर्वाधिक गोल गर्नेमा ब्राजिलका रोनाल्डोसँग बराबरी गरेका छन् । एमबाप्पे अब दोस्रो स्थानका मिरोस्लाभ क्लोज भन्दा १ र सर्वाधिक गोलकर्ता लियोनल मेसी भन्दा ३ गोलले पछि छन् ।

पहिलो खेलमा फ्रान्सले सेनेगनलाई ३–१ ले हराउँदा इरान नर्वेसँग ४–१ ले पराजित भएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय