
१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए ।
पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको बताए ।
हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यही क्रममा मैले वार्ताको पहल गरेँ । सोमप्रसाद पाण्डे हुँदै नेकपाको नेतृत्वलाई भेटेँ ।’
त्यो भेटमा आफूहरुले बाहिरबाट सोचेको जस्तो होइन रहेछ भन्ने लागेपछि नेकपामा आएको उनले बताए । राईले भने, ‘बदला त लिन सकिएला, तर राष्ट्रलाई फाइदा हुँदैन भन्ने मैले बुझेँ ।’
प्रतिक्रिया 4