Comments Add Comment

‘धुम ४’ मा साहरुख ?

नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरुख खानले समय पर्खिरहेका छन् । साहरुखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भएपनि उनले काम भने गरेका छैनन् ।

यसैविच, नायक साहरुख खानले चलचित्र ‘धुम ४’मा काम गर्न लागेको खबर बाहिरिएको छ । साहरुखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्नका लागि अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ । तर, खानले अहिलेसम्म चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा जवाफ दिएका छैनन् ।

साहरुखले यो चलचित्रमा भिलेनको रुपमा आफूलाई प्स्तुत गर्नेछन् । चलचित्रमा अभिषेक बच्चन र उदय चोपडा पनि हुनेछन् । चलचित्रलाई नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ । साहरुखले ‘धुम ४’मा काम गरेको खण्डमा उनको कमब्याक बलियो हुने धेरैको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment