
२० जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘कभर संग’ अर्थात् शीर्ष गीत प्रतियोगिताको उपाधि रेशम श्रेष्ठले जितेका छन्।
बैंकले श्रेष्ठलाई ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ। यस प्रतियोगिताका प्रतिस्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए।
यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो।
आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै जाने बैंकले जानकारी गराएको छ।
बैंकका देशैभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६८ एटीएम र १ हजार ३ सयभन्दा बढी पस (पीओएस) मेसिन रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4