Comments Add Comment

रत्ननगरमा रोजगार मेला हुँदै

२० जेठ, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले यही जेठ ३१ गते ‘वृत्ति परामर्श तथा रोजगार मेला’ गर्ने भएको छ ।

रोजगार दाता र वेरोजगार युवाहरु बीच प्रत्यक्ष अन्तर्क्रिया गरी रोजगारी प्रदान गर्न मेलाको आयोजना गरिएको मेयर नारायण वनले जानकारी दिए । मेलामा वेरोजगार युवा, रोजगारदाता र परामर्श दाताको सहभागिता रहने छ ।

कार्यक्रममा विभिन्न स्टलहरु राखेर काम खोजिरहेका युवाहरुको क्षमता, चाहना बुझ्ने, उद्योगहरुमा आवश्यक परेको जनशक्तिको बारेमा अन्तर्क्रिया गरिने छ । कार्यक्रममै बेरोजगार युवाहरुलाई रोजगारीको अबसर प्रदान गर्ने मेयर नारायण वनले दावी गरे ।

काम लगाइदिनु पर्‍यो भनेर घर देखि नगरपालिका सम्म युवाहरुको भीड लाग्ने गरेको भन्दै मेयर वनले काम नपाएर भौतारिएका युवाहरुलाई अबसर प्रदान गर्न मेला आयोजना गरिएको बताए । स्विस विकास सहयोगको प्राविधिक सहयोगमा चितवनमै पहिलो पटक रत्ननगर नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

सीप सिकेर कामको खोजिमा रहेका र दक्ष जनशक्ति खोजिरहेका उद्योगका सञ्चालन बीचमा भेट गराउने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा रोजगारीको अबसरसंगै रोजगार सहजीकरण,स्थानीय उत्पादन र त्यसको सम्भावना, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वरोजगार बन्ने उचित परामर्श प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment