Comments Add Comment

विश्वकप क्रिकेट : अफगानिस्तानले टस जित्यो, श्रीलंका ब्याटिङमा

२१ जेठ, काठमाडौं । विश्वकप क्रिकेट अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

कार्डिफस्थित सोफिया गार्डेनमा केहीबेरपछि सुरु हुने खेलमा श्रीलंकाले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो । दुबै टिमले पहिलो जितको खोजिमा हुनेछन् ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

श्रीलंकाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जीवन मेन्डिसको स्थानमा नुवान प्रदीपलाई टिममा राखेका छन् । यता, अफगानिस्तान टिममा भने अष्ट्रेलियाविरुद्ध उत्रिएकै प्लेइङ इलाभेन छन् ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, लाहिरु थिरिमाने, इसुरु उडना ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, रहमत शाह, राशिद खान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment