
२१ जेठ, काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोबहादुर जिसीमाथि अनुसन्धान थालेको हो ।
आयोगका एक अधिकारीका अनुसार जिसीलाई मंगलबार हिरासतमा लिएर छानविन थालिएको छ । जिसीले नक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ लिएको अख्यितारमा उजुरी परेको थियो ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिसी मातहतको क्षेत्रमा पर्ने ठाउँमा ११ वैशाखमा बोधराज पाण्डेले चलाएको जीपले मोटरासाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका थिए ।
तर, जिसीले पाण्डेलाई जोगाएर अर्कै व्यक्तिलाई सवारी चालक बनाउन भूमिका खेलेको अख्यितारले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4