Comments Add Comment

राष्ट्र बैंकका ४ कार्यकारी निर्देशकको अवकाश रोकियो

२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका ४ कार्यकारी निर्देशकहरुको अवकाश रोकिने भएको छ । ३० वर्ष सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश हुन लागे पछि बिदामा बसेका ४ कार्यकारी निर्देशकको अवकाश रोकिएको हो ।

सर्वोच्च अदालते अवकाशसम्बन्धी निर्णय गर्ने अधिकार राष्ट्र बैंकको भएको भन्दै फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला सुनाएको हो ।

राष्ट्र बैंकका कर्मचारीहरु अवकाश हुनका लागि ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेर हद जुनले पहिला भेट्छ अवकाश हुनुपर्ने व्यवस्था थियो । यसलाई संशोधन गर्दै ३० बर्षे अवधि हटाएर उमेर ५८ पुगेपछि मात्र अवकाश हुने व्यवस्था लागु गर्न राष्ट्र बैंकले लोक सेवा आयोगसँग स्वीकृति मागेको थियो । लोकसेवा आयोगले स्वीकृति नदिएपछि पुरानै व्यवस्था अनुरुप राष्ट्र बैंकका कर्मचारीहरुले अवकाश पाउने भएपछि सर्वोच्चमा मुद्धा परेको थियो ।

राष्ट्र बैंककै कर्मचारी ऋतुनाथ लम्सालसमेतको मुद्धामा सर्वोच्चले यस्तो फैसला गरेपछि अवकाश पाएका ४ कार्यकारी निर्देशको अवकाश रोकिने भएको हो । ३० वर्षे सेवा अवधिका कारण नै अवसका हुन लागेपछि केही दिन अघिमात्रै कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य बिदामा बसेका थिए ।

उनीहरुको अवकाश हुन भने अझै करिबकरिब एक महिना बाँकी छ । राष्ट्र बैंकको नियम अनुसार अवकास पाउनु एक महिना अघि बिदामा बस्न पाइने भएकाले उनीहरु बिदामा बसेका हुन् । यो सँगै अब उनीहरु काममा फर्किने सम्भावना देखिएको छ ।

बिदामा बसेका कार्यकारी निर्देशक थापाले पूर्णपाठ अध्ययन गरी नसकेकाले अहिले नै आफूले केही बोल्न नसक्ने बताए । फौसलाको पूर्ण पाठ अध्ययन गरेपछि फर्किन सकिने गरी फैसला आएको हो कि होइन भन्ने प्रष्ट हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment