Comments Add Comment

मौनीको लुक्समा किन हुँदैछ ट्रोल ?

बलिउड नायिका तथा टेलिभिजनकी चर्चित कलाकार मौनी रोयको सुन्दरताको बिषयमा भनिराख्न पर्दैन । उनी, चलचित्र र टेलिभिजन दुबैमा आफ्नो अभिनय र सुन्दरताका कारण चर्चामा छिन् । तर, यतिबेला भने उनै मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ ।

हालै मात्र एक कार्यक्रममा पुगेकी मौनीको तस्वीर सार्वजनिक भएसँगै उनको लुक्समा ट्रोल सुरु भएको छ । कालो रंगको सर्ट र हरियो रंगको ज्याकेटमा कार्यक्रममा पुगेकी मौनीको अनुहारमा परिवर्तन आएको चर्चा भारतीय मिडियामा सुरु भएको छ । मौनीको यो तस्वीर सार्वजनिक भएसँगै केही फ्यानले उनी यो लुक्समा राम्री नदेखिएको प्रतिक्रिया दिएका छन् ।

भारतीय मिडियाले उनले प्लास्टिक सर्जरी गरेको लेखेका छन् । तर, मौनीले भने आफ्नो इन्स्टाग्राम निरन्तर चेक गर्दा पनि सबै कुरा थाहा हुने जवाफ फर्काएकी छिन् । हलिउडका कलाकारले प्लास्टिक सर्जरी गर्दा खुलेरै मिडियालाई बताउँछन् । तर, बलिउडमा अझै यो बिषयमा बोल्ने कलाकार कम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment