Comments Add Comment

फुटबलरको बिहेमा राष्ट्रपति एर्दोआन बने ‘बेष्ट म्यान’

काठमाडौं । कुनै पनि देशको राष्ट्रपतिलाई समारोह, गोष्ठी वा सम्मेलनमा सहभागी हुनु स्वभाविक हो । तर, राष्ट्रपतिलाई खेलाडीको विवाहमा ‘बेष्ट म्यान’का रुपमा देख्नु भएको छ ?

शायदै देख्नु भएको होला । तर टर्कीका राष्ट्रपति रेचप तैथ्यय एर्दोआन यो नयाँ अवतारमा देखिए ।

शुक्रबार बोरुफोरसको किनारामा रहेको होटलमा भएको जर्मनीका फुटबलर मेसुट ओजिलको बिहेमा राष्ट्रपति एर्दोआन ‘बेष्ट म्यान’का रुपमा सहभागी भएका छन् ।

ओजिलको एर्दोआनसँगको सम्बन्ध भने पुरानै हो । पछिल्लो विश्वकपको पूर्व संध्यामा एर्दोआनसँग खिचेको तस्वीर सार्वजनिक भएपछि जर्मनीमा ओजिलको आलोचना भएको थियो । विश्वकप लगतै उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए ।

३० वर्षे मिडफिल्डरकी पत्नी अमीन गल्र्स पूर्व मिस टर्की समेत हुन् । उनीहरु २०१७ देखि एकअर्कालाई चिन्थे र जुन २०१८ मा बिहे गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment