Comments Add Comment

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै भारत

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ थालेको छ ।

लनडनस्थित केनिङटन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्न थालेके हो । बलिङको निम्तो पाएको अष्ट्रेलिया भारतलाई कम स्कोरमा समेट्न चाहन्छ । तर, भारतको ब्याटिङ लाइन निकै बलियो छ ।

अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ । अष्ट्रेलियाले आफ्नो पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ । यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

प्लेइङ इलाभेन

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन कउल्टर नाइल, उस्मान खावजा, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment