+
+
Shares

सलमानको १४ वटा फिल्म सय करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १६:१५

बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ ।

नायक खान अभिनित नयाँ चलचित्र ‘भारत’ अहिले बक्स अफिसमा राम्रो कमाइका साथ चलिरहेको छ । यो चलचित्रले रिलिजको चौथो दिनसम्म १२२ करोड माथिको कमाई गरेको छ । दर्शक प्रतिक्रिया मिश्रित पाएपनि इदको अवसरमा रिलिज भएको चलचित्रले व्यापार सुखद गरिरहेको छ ।

योसँगै सलमान अभिनित १४ वटा चलचित्र सय करोड कमाउन सफल छन् । उनको ब्याक टू ब्याक १४ वटा चलचित्र सय करोड कमाउन सफल भएका छन् । सलमान अभिनित ‘सुल्तान, टाइगर जिन्दा हे र बजरंगी भाइजान’ ३ सय करोड कमाउन सफल छन् । यस्तै, ‘प्रेम रतन धन पायो र किक’ले २ सय करोड कमाएका थिए ।

सलमानको १४ वटा चलचित्र लगातार सय करोड क्लबमा प्रवेश गरेसँगै यो नयाँ रेकर्ड समेत बनेको छ । उनी अभिनित ‘एक था टाइगर, रेश ३, दबंग २, बडिगार्ड, दबंग, रेडी, ट्यूबलाइट, जय हो, भारत, टाइगर जिन्दा हे, सुल्तान, बजरंगी भाइजान, किक, प्रेम रतन धन पायो’ सय करोड क्लबमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?