Comments Add Comment

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप

२६ जेठ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थि्र एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको हो ।

दुईतले नयाँ सोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले गर्नु भएको हो । यहाँबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउनुहुनेछ ।

‘यामाहा ब्रान्डका मोटरसाइकलले स्पोर्टी इमेजलाई अवलम्बन गरिरहेको छ । यामाहाका मोटरसाइकल भन्नेबित्तिकै पिकअप, स्टाइल, पावर, एसिलेरेसनमा उत्कृष्ट भन्ने बुझिन्छ । पछिल्ला समयमा हामीले ल्याएका आर१५ भी३, र एफजी भी३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइदिएको छ,’ नयाँ सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अग्रवालले भने, ‘यामाहाका मोटरसाइकलले चालकको सुरक्षासँग कुनै सम्झौता रोमाञ्चकतालाई प्रत्याभुत गर्छ ।’

त्यसैगरी, बाइकर ल्याब्स्का संस्थापक दिपक सिंजालीले युवामाझ निकै लोकपि्रय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गर्वको कुरा भएको बताए । उनले दुईतले यो सोरुमबाट ग्राहकले राम्रो सपिङ एक्सपिरियन्स गर्ने पनि बताए । उनले यामाहाले विक्रीलाई मात्र नभई विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढेको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन -एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment