+
+

आयुष भन्छन्–‘नेपालमा नाम राख्न सक्यौं, खुशी छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते १२:५१

भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले भव्य स्वागत गरे । उनलाई बाजा बजाएरै स्वागत गरिएको थियो ।

अन्तिम ६ मा पुगेपछि उनको चर्चा अझै चुलिएको थियो । नेपालकै प्रितम आचार्य यो प्रतिस्पर्धामा सेकेन्ड रनरअप बनेका छन् । विमानस्थलमा आफन्त र फ्यानको भीड देख्दा खुशी भएका आयुषले भने–‘मेरो मिहिनेत र सबैको साथले यो सफलता मैैले पाएको हुँ । म र मेरो साथी प्रितमले नेपालको नाम राख्न सक्यौ, म खुशी छु ।’

उनले, आगामी दिनमा पनि आफूले कोशिश गर्ने र कोशिशमा सबै साथ पाउने आशा व्यक्त गरे । आयुषले भने–‘आउँदो दिनमा पनि आयुष केसी भनेर चिन्नेहरुले माया गरिदिनुहोला । म मेरा कमीकमजोरी सुधार गर्दै अगाडि बढ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?