+
+

लोकसेवाको विज्ञापन रोक्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २८ गते १४:१०

२८ जेठ, काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन भएको छ ।

केही विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् ।

स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।

तस्वीरहरू ः चन्द्र आले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?