+
+

पहिलो जितमा केन्द्रित हुन टिममेटलाई डुप्लेसिसको अपील

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३२ गते १३:५२

काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले विगतलाई विर्सिएर पहिलो जितका लागि केन्द्रित हुन टिममेमलाई आग्रह गरेका छन् ।

दक्षिण अफ्रिकाले शनिबार कार्डिफमा अफगानिस्तानसँग खेल्नेछ । दुबै टोली यो विश्वकपमा जितविहीन छन् । इंग्ल्याण्ड, बंगलादेश र भारतसँग हारेको दक्षिण अफ्रिकाले वेष्टइण्डिजसँग भने पानीका कारण अंक बाँड्यो ।

अघिल्लो चरण प्रवेशको सम्भावना नै कमजोर भएपछि कप्तान डुप्लेसिसले तत्कालीन योजनामा केन्द्रित हुन टिममेटलाई आग्रह गरेका छन् । ‘हामीले प्रतियोगितामा खराब सुरुवात गर्यौं । त्यो सकियो’ उनले भने, ‘अब हामीले हाम्रो ध्यान आगामी खेलमा लगाउनुपर्छ ।’

खेलाडीहरुले क्षमताअनुसार खेल्ने हो भने आफ्ना खतरनाक बन्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?