Comments Add Comment

कृति अवार्डका लागि मंगलबारदेखि फर्म खुल्ने

१ असार, काठमाडौं । नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको ११ औं ‘नेपाल आईस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ । असाढ मसान्त सम्म आवेदन दिने गरि फर्म खुल्ला गरिएको नेपाल बिज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए ।

३१ गतेपछि जुरीले ती आवेदनमाथि छानविन गरि सर्ट लिस्ट गर्ने र भदौ १३ गते सोल्टी होटेलमा अवार्ड वितरण गर्ने जनाइएको छ । २०७५ वैशाख १ गतेदेखि चैत ३० गतेसम्म बनेका नेपाली विज्ञापनहरुले  तीन वटा समूहमा आवदेन दिन पाउने छन् ।

विज्ञापन संघको महत्वपूर्ण कार्यक्रम अन्तर्गत २०६० साल देखि शुरु भएको कृति अवार्ड हो ।

काठमाडौंमा  आइतबार पत्रकार सम्मेलन गरि आनका अध्यक्ष शशीले पहिलो पटक आवेदन अनलाईन मार्फत पनि गर्न सकिने व्यवस्था गरिएको र यो परिक्षणका लागि भएको बताए । आवेदन सँगै हार्ड कपि र शुल्क तिर्न विज्ञापन संघकै कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी दिए ।

१० औं अवार्डमा २८ विधा समेटिएकोमा यस पटक थप २ वटा विधा थप गरेर ३० पुर्याइएइको छ ।

कार्यक्रममा जुरी डा. भोजराज अर्यालले विगतको भन्दा पनि भव्य बनाउँदै लैजानका लागि सम्पूर्ण मेहनत गर्ने बताए । यस्तो अवार्डले नेपाली विज्ञापन बजारको कला र मौलिकता संरक्षण गर्नका लागि पनि थप सहयोग पुग्ने उल्लेख गरे ।

निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले आफ्नो कार्यकालमा नवौ कृति अवार्ड मात्रै आयोजना गर्न पाएको बताउँदै भूकम्पका कारण तत्कालिन अवस्थामा सम्भव नभएको उल्लेख गरे ।  यसलाई अझै अन्तर्राष्ट्रियस्तरको अवार्ड बनाउनका लागि पहल गर्नुपर्नेमा कार्यसमितिका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

सो अबसरमा आनले आफ्नो वेभसाइट पनि लञ्च गरेको थियो । डिजिटल युगमा नेपाल प्रवेृश गरिसकेको अवस्थामा आनले पनि आफ्ना गतिविधिहरुलाई वेभसाइट मार्फत सार्वजनिक गर्ने र कृति अवार्डको फर्म पनि संकलन गर्ने हुनाले वेभ साइट सञ्चालनमा ल्याएको यसका संयोजक तथा आनका कार्यसमिति सदस्य  जीवन पोखरेलले जानकारी दिए ।

महासचिव राजु कुँइकेलले  विज्ञापन संघले वेभसाइट सञ्चालन गरेको र त्यसबाट एकमुष्ट सूचनाहरु लिनका लागि सबै विज्ञापन एजेन्सीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment