Comments Add Comment

‘शत्रु गते’ नायक र निर्देशकको १ बर्षपछिको भेट

निर्देशक प्रदिप भट्टराइको निर्देशनमा बनेको चलचित्र ‘जात्रै जात्रा’ हलमा लागिरहेको छ । यो चलचित्र पाँचौ हप्तामा लागिरहँदा यसको विशेष शो काठमाण्डौमा आयोजना गरिएको थियो । विशेष शोमा केही नाम चलेका कलाकार पुगेका थिए । जसमा एक थिए, नायक पल शाह । निर्देशक भट्टराइको आग्रहमा पल चलचित्र हेर्न पुगेका हुन् । नायक पल शाह र निर्देशक भट्टराइले यस अगाडि चलचित्र ‘शत्रु गते’मा एकसाथ काम गरेका थिए ।

चलचित्र सकिएपछि नायक पल शाह र निर्देशक प्रदिप भट्टराई केहीबेर गफिए । पल र प्रदिपको केही समयको बार्तालापलाई मिडियाले विशेष नजरले हेरेको थियो । कसैले पल र प्रदिपले फेरि एकसाथ काम गर्न लागेको अड्कल समेत लगाए । तर, निर्देशक भट्टराइले भने १ बर्षपछि पललाई भेटेकाले केही समय गफिएको सुनाएका छन् ।

उनले, चलचित्रको बिषयमा कुनै कुरा नभएको समेत स्पष्ट पारे । निर्देशक भट्टराइले नायक अनमोल केसीसँग काम गर्ने बिषयमा चर्चा भैरहँदा पलसँगको उनको लामो गफगाफलाई धेरैले चासो पूर्वक हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment