+

फर्नान्डो टोरेसले लिए फुटबलबाट सन्यास

२०७६ असार  ६ गते १२:४९ २०७६ असार ६ गते १२:४९
फर्नान्डो टोरेसले लिए फुटबलबाट सन्यास

६ असार, काठमाडौं । स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।

३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए । अहिले उनी जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका थिए ।

‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ उनले ट्वीट गर्दै भनेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख जनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय