
६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक राष्ट्र इंग्ल्यान्डविरुद्ध श्रीलंकाले खराब प्रदर्शन गरेको छ ।
घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सुरुवातमै आफ्नो महत्वपूर्ण दुई विकेट गुमाएको छ ।
१.६ ओभरमा आफ्नो पहिलो विकेटको रुपमा कप्तान दिमुथ करुनरत्नेलाई एक रनमा गुमाएको श्रीलंकाले २.२ ओभरमा कुशल परेरालाई गुमाएको छ । परेरा दुई रनमा आउट भए ।
सुरुवातमै दबाबमा आएको श्रीलंकालाई आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा हारेमा उसको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना निकै कम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4