Comments Add Comment

पिके डाँडा अर्थात् लुकेको हिरा

८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ ।

हामी कुरा गर्दैछौं, सोलुखुम्बु जिल्लास्थित पिके डाँडाको । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिन्छ पिके डाँडा । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ ।

साथै पूर्वको कन्चनजघा हिमालदेखि पश्चिमको धौलागीरीसम्म दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज पिके डाँडाभन्दा तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ ।

सहजै पुग्न सकिने भएर पनि पिके डाँडाको उचित प्रचारप्रसार तथा प्रवद्र्धन हुन सकेको छैन । प्रचार प्रसरा गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ ।

पिके डाँडामा अत्याधि हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानु राम्रो हुन्छ । सल्लेखरीदेखि पिकेडाँडासम्म पदमार्ग ब्यबस्थित गर्न भने जरुरी छ । सल्लेखरीबाट पिके डाँडासम्म जाँदा सूचना बोर्डहरु छैनन् । यसले पर्यटकलाई अलमलमा पर्न सक्ने भएकाले पर्याप्त मात्रामा सूचना बोर्डहरु राख्न जरुरी छ ।

पदयात्राका सौखिनहरु सँधै नयाँ गन्तव्यको खोजीमा हुन्छन् । यदि तपाईं पनि यस्तै खोजीमा हुनुहुन्छ भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । यसलाई पर्यटकहरुले ‘लुकेको हिरा’ पनि भन्छन् ।

पिके डाँडाको प्रबद्र्धनमा तल्लिन छौं

नाम्गेल जाङबु शेर्पा
नगरप्रमुख, सोलुदुधकुण्ड नगरपालिका

अथाह सम्भावना भएको क्षेत्र हो तल्लो सोलुखुम्बु । तर जति यस्को पर्यटन प्रवद्र्धन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

पतालेदेखि पिके डाँडा हुँदै जुनवेसीबाट धार्मिक महत्व बोकेको दुधकुण्डसम्म पदमार्ग छ । द्वन्द्वकालभन्दा अघि प्रख्यात रहको यो पदमार्ग अहिले लगभग शुन्यजस्तै छ । यसको प्रवद्र्धन तथा प्रचार–प्रसारका लागि हामी लागिपरेका छौ । सगरमाथालाई आँखै अगाडि हेर्न पाइनुका साथै सहजै यात्रा गर्न सकिने भएकाले यो पदमार्ग उपयुक्त विकल्प हुन्छ भन्ने लाग्छ मलाई ।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ३, ९, १० मा पर्छ पिके डाँडा क्षेत्र । पताले, पिके हुँदै जुनवेसी, दुधकुण्ड पदमार्गलाई ब्यबस्थित गरिरहेका छौं । पदमार्गको बीच–बीचमा टि हाउस र पर्यटकलाई चाहिने सूचना बोर्डहरु विभिन्न स्थानमा राख्ने तयारी गर्दैछौं । पर्यटनसँग सरोकार राख्ने निकाय तथा प्रर्वद्धन गर्ने निकायले अलिकति सहयोग गर्नुभयो भने यो पदमार्गले सोलुखुम्बु क्षेत्रको मात्र नभएर राज्यको आर्थिक उन्नतिमा सहयोग गर्नेछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment