+
+
Shares

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १५:३३

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ थालेको छ ।

लर्ड्समा सुरु भएको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि दक्षिण अफ्रिकाले बलिङ गर्ने भएको हो । दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भएपनि दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

दक्षिण अफ्रिकाले ६ खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ । एक खेल भने वर्षाको कारण अंक बाँडेको छ ।

यता, पाकिस्तानले खेलको पाँच खेलमध्ये तीन खेलमा हार एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?