Comments Add Comment

समता अस्पताल प्रकरणः ‘लिखत परीक्षण’को रिपोर्ट आउन एक साता लाग्ने

Photo Credit : विमलाको आफन्तले गरेको प्रदर्शन ।

९ असार, काठमाडौं । बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएकी विमला तामाङको गोजीमा भेटिएको ‘चिट’को परीक्षण रिपोर्ट आउन एक साता लाग्न सक्ने काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

अस्पतालभित्र ३ असारमा मृत भेटिएकी विमलाको गोजीमा तीन जना कर्मचारी नाम लेखिएको कागज भेटिएको थियो । जसमा नामको पहिलो शब्द मात्र थियो भने तेस्रो नाम म्याम उल्लेख गर्दै समात्नू भन्ने उल्लेख थियो ।

काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘हामीले त्यो चिट्मा भएको अक्षर विमलाकै हो/होइन भन्ने प्रमाणित गर्न प्रयोगशालामा पठाएका छौं ।’ नतिजा आउन एक हप्तासम्म लाग्न सक्ने उनले बताए ।

सामाखुशीमा रहेका केन्द्रीय विधि विज्ञान प्रयोगशालामा विवादित लिखतको परीक्षण गरिन्छ । ‘यो चाहिँ अलि महत्व दिइएको घटना भएकाले जति सक्दो चाँडो रिपोर्ट दिन भनेका छौं’, बोगटीले अनलाइनखबरसँग भने ।

‘हामीले विमलाको अंग्रेजी अक्षरको केही अंश भेटेका थियौं । त्यो र बरामद चिट्को अक्षरलाई जुधाएर परीक्षण गर्न लागिएको हो’, डीएसपी बोगटीले अनलाइनखबरसँग भने, ‘हामीले सामान्य रुपमा हेर्दा चाहिँ अक्षर उस्तै देखिन्छ । तर, वैज्ञानिक परीक्षणपछि मात्रै एकिन हुन्छ ।’

अनुसन्धान अधिकृतका अनुसार विमलाले ५ वर्षीय छोरालाई विद्यालयमा भर्ना गराउँदाको अक्षरलाई परीक्षणका लागि प्रहरीले लगेको थियो ।

कर्तव्य ज्यान मुद्दा

आफन्तको निरन्तर प्रदर्शनपछि प्रहरीले सञ्चालक उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेको छ ।

पीडितको जाहेरी लिन आनाकानी गरिरहेको प्रहरीले शुक्रबार ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेको हो । पहिले आवश्यक प्रमाण नपुगेको भन्दै उनीहरुलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम रिपोर्टले भने विमलाको झुण्डिएकै कारण मृत्यु भएको उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस आत्महत्यामा विवाद: ‘बार्गेनिङ’ को भूमिका कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment