
९ असार, काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जमा रहेको एक सुन पसलमा छाापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको हो ।
पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले अनलाइनखबरसँग कुरागर्दै नगद गन्ने काम भइरहेको बताए ।
उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ ।’
प्रहरी अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा प्रहरीले सुन पसलमा छापा मार्दा रकमसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरु मध्ये २ जना भारतीय र ६ जना नेपाली छन् । अनुसन्धानको क्रममा रहेकोले उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4