+
+

नेकपा महासचिव विष्णु पौडेल कोरिया प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते ७:४१

१० असार, काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल सोमबार साँझ दक्षिण कोरियाको भ्रमणमा निस्केका छन् ।

कोरियन सरकारको निम्तोमा महासचिव पौडेलले कोरियाको चार दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने नेकपाका कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जनाएका छन् ।

अर्थविद प्रा.डा. गोविन्द नेपालका साथमा सोमबार साँझ कोरियातर्फ लागेका महासचिव पौडेल असार १३ गते स्वदेश र्फकने कार्यक्रम छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठ सोमबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा पौडेललाई विदाई गर्न पुगेका थिए । भीआइपी कक्षमा जनमत पार्टीका संयोजक सिके राउतसँग खिचिएको सामुहिक तस्वीर नेता श्रेष्ठले सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?