Comments Add Comment

कोपा अमेरिका फुटबल : अभागी जापान !

१० असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा आमन्त्रित राष्ट्र जापानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै बाहिरिएको छ । पहिलो पटक सहभागिता जनाएको जापान गोलको आधारमा क्वाटरफाइनलमा पुग्न बन्चित बन्यो ।

मंगलबार विहान समूह सी तथा प्रतियोगिताकै समूह चरणको अन्तिम खेलमा जापान र इक्वेडरबीच प्रतिस्पर्धा हुँदै गर्दा जापानलाई जित अनिवार्य आवश्यक थियो । जापानले इक्वेडरलाई पराजित गरेको भए उसको क्वाटरफाइनलमा पुग्ने निश्चित थियो ।

तर आफूले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा जापान कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिन पुगयो । सोया नाकाजिमाले खेलको १५औं मिनेटमा गोल गर्दै इक्वेडरविरुद्ध सुरुवाती अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा इक्वेडरले गोल फर्काएपछि खेल १-१ गोलको बराबरीमा टुंगियो ।

इक्वेडरसँग बराबरीमा रोकिएसँगै पाराग्वेको भाग्य चम्कियो र क्वाटरफाइनलमा पुग्न सफल भयो । उत्कृष्ट तेस्रो टिम क्वाटरफाइनलमा पुग्ने अवसरको दौडमा रहेको जापानले त्यो मौका गुमायो ।

जापान र पाराग्वेले समान २ खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै दुई अंक बनाएका थिए । यस्तो अवस्थामा गोल फरकको आधारमा क्वाटरफाइनल टिमको टुंगो लाग्दा जापान अभागी बनेको हो ।

जापानले तीन गोल गर्दा सात गोल खाएको छ । जापानको गोल फरक माइनस ((४) रहेको छ । यता, पाराग्वेले भने तीन गोल गर्दा चार गोल खाएको छ । उसको (१) रहेको छ । त्यसकारण पाराग्वे क्वाटरफाइनलमा पुग्यो ।

आज भएको समूह चरणको खेलसँगै क्वाटरफाइनल पुग्ने टिमको टुंगोसमेत लागेको छ ।

अब क्वाटरफाइनलमा ब्राजिलले पाराग्वेसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले भेनेजुएला र कोलम्बियाले चिली तथा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment