
१० असार, काठमाडौं । नेपालको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणको अन्तिम खेलमा भोलि भारतको चेन्नइन एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदान सातदोबाटोमा दिउँसो हुने खेल मा घरेलु टिम मनाङ सुखद अन्त्य गर्ने लक्ष्यमा छ । जितविहीन बनेको मनाङ अन्तिम खेलमा जित हात पार्दै एएफसी कप अन्त्य गर्ने लक्ष्यमा छ ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रिम्याच कन्फ्रेन्समा भने, ‘हामी राम्रो छाप छोडर प्रतियोगिता सकाउन चाहन्छौं । घरेलु मैदानमा चेन्नाईनलाई पराजित गर्नेछौं ।’
समूह ई मा रहेको मनाङले पाँच खेलबाट तीन खेलमा हार र दुई खेलमा बराबरी खेल्दै दुई अंक बनाउँदै पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4