Comments Add Comment

भारतले पहिलो पटक विश्वकप उपाधि उचालेको मैदान

१० असार, काठमाडौं । लन्डनको लर्ड्स क्रिकेट मैदान, क्रिकेटको मक्का मानिन्छ । यही मैदान हो, जहाँ भारतले ३६ वर्षअघि सन् १९८३ जुन २५ तारिखमा पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो ।

१८४ रनको सानो लक्ष्य पाएको वेष्ट इन्डिजविरुद्ध भारतले ४३ रनको सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो । त्यसबेला कप्तान थिए कपिल देव ।

लर्ड्स क्रिकेट मैदान त्यस्तो मैदान हो जहाँ क्रिकेटका हरेक यादगार पलहरुलाई संग्रहित गरी राखिएको छ । चाहे त्यो १९४६ मा भारत इंग्ल्यान्ड टुरमा रहेको पोष्टर, सेन वार्नले बनाएको तीन सय विकेटको यादगार पल तथा सचिन तेन्दुलकरले हस्ताक्षर गरेको खास टिसर्ट नै किन नहोस् । विश्व क्रिकेटमा बनेका त्यस्ता इतिहासहरु लर्ड्स म्युजियममा सुरक्षित छन् ।

१४ जुलाईमा विश्वकप क्रिकेटको फाइनल खेलको दिन हो । यही दिनको दौडमा टिमहरु छन् । त्यही दौडमा रहेको टिम हो भारत । भारत सन् १९८३ को विश्वकप क्रिकेट दोहो¥याउने लक्ष्यमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment