Comments Add Comment

एक योर्करले अष्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍यायो

काठमाडौं । विश्वकप क्रिकेटमा मंगलबार दुई चिरप्रतिद्वन्द्वी टिम आमनेसामने भएका थियो । ऐतिहासिक लडर््स मैदानमा भएको अष्ट्रेलिया र इंग्ल्याण्डको खेललाई विश्वकप २०१९ कै सबैभन्दा ठूलो खेल मध्ये एक माानिएको थियो ।

सेमिफाइनलमा स्थान बनाउन प्रयासरत दुबै टिम यो खेल जित्न चाहन्थे, जसमा अष्ट्रेलिष सफल भषे । उसले घरेलु टोलीलाई ६४ रनले हराएर जित मात्र हात पारेन, सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बन्यो । उसको ७ खेलबाट १२ अंक छ ।

अर्कोतिर इंग्ल्याण्डको अकआउट चरणको यात्रा थप कठिन बनेको छ । उसको ७ खेलबाट ८ अंक छ र अन्तिम चारमा स्थान बनाउन बाँकी दुबै खेल जित्नुपर्छ । उसले न्युजिल्याण्ड र भारतसँग खेल्नुछ ।

एक योर्करले बदलियो खेल

यो खेलमा सबैभन्दा चर्चा भयो, अष्ट्रेलियाका बलर मिचेल स्टार्कको सकिट योर्कर बल । त्यो खेलको टर्निङ प्वाइन्ट समेत थियो किनकी उनले इंल्ग्याण्डलाई जितको आश दिलाइरहेका बेन स्टोक्सलाई ८९ रनमा पभेलियनको बाटो देखाएका थिए ।

क्रिकेट विज्ञ हर्षा भोगले ट्वीट गर्दै भनेका छन्, ‘बेन स्टाक्सलाई फालिएको स्टार्कको यो बल सबैभन्दा शानदार योर्करमा एक हो । यो त्यही बल हो, जसले सेमिफाइनलमा अष्ट्रेलियाको स्थान पक्का गर्‍यो।’

हुन पनि हो, अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंल्याण्डको सुरुवात निकै खराव थियो । उसले ५३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । तर अलराउण्डर बेन स्टोक्सले पारी सम्हाले । उनले सुरुमा टिकेर खेले भने पछि समयसमयमा ठूलो शट हानेर इंग्ल्याण्डलाई खेलमा टिकाई राखे । ३७ औं ओभरमा जब स्टोक्स ८९ रनमा खेलिरहेका थिए, लागेको थियो कि जितको रथलाई उनले अष्ट्रेलियाबाट तानेर विस्तारै इंल्याण्डतिर ल्याइरहेका थिए ।

तर त्यही बेला स्टार्कले निकै घातक योर्कर बल फाले । अफ स्टर्मलाई लक्षित गरेर फलिएको योर्करको गति र स्वीङ दुबैलाई स्टोक्सले ठम्याउन सकेनन् र बल सिधै अफ स्टम्पमा जोडले लाग्न पुग्यो ।विकेट गुमेकोमा निराश स्टोक्सले ब्याट नै छाडे र लात हान्न पुगे । यो विकेटसँगै इंग्ल्याण्ड खेलमा फर्कने सम्भावना सकियो र पुरा टिम २२१ रनमा अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment