Comments Add Comment

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

११ असार, काठमाडौं । प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ ।

महेन्द्रनगरमा बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँ हात पारेको छ । उपविजेतामा सुदूरपश्चिमले तीन लाख रुपैयाँ पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७१ रन मात्रै बनाएको थियो । सुदुरपश्चिमका लागि रुवी पौदारले २४ र कविता कुँवरले २२ रन बनाएकी थिइन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी कप्तान सीता रानामगर र करुणा भण्डारीले समान ३–३ विकेट लिए ।

७२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले १४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । एपीएफका लागि इन्दु वर्माले २२, सीता रानामगर १८ र ज्योती पाण्डेले १७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमकी कप्तान जानकी भट्टले दुई विकेट लिइन् ।

एपीएफकी कप्तान सीता रानामगर प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाइन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलरमा प्रदेश प्रदेश ३ की खुशी डंगोल र वेष्ट व्याट्सवुमनमा सुदूरपश्चिमकी कविता कुवँर घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment