Comments Add Comment

गेलले लिए सन्यास फिर्ता

१२ असार, काठमाडौं । क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा फिर्ता लिएका छन् ।

३९ वर्षीय क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास फिर्ता लिएको बताएका छन् । उनले गत फेब्रुअरीमा विश्वकप क्रिकेटपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा नै गरेका थिए । तर, विश्वकपअन्तर्गत भारतविरुद्धको खेलअघि गेलले अझै एकदिवसीय क्रिकेट खेल्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

बुधबार राति गेलले भने ‘म अवश्य पनि यही अगष्टमा भारतविरुद्धको एकदिवसीय खेल खेल्नेछु । तर टी-२० भने खेल्दिन ।’

उनले आफ्नो लक्ष्य नै विश्वकप भएको भन्दै भारतविरुद्धको टेष्ट खेल पनि खेल्न सक्ने बताएका छन् ।

उनले जारी विश्वकपमा १९४ रन बनाएका छन् । यो क्रममा उनले दुई अर्धशतक बनाएका छन् । उनी एकदिवसीय क्रिकेट खेलमा वेष्ट इन्डिजका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् ।

ब्रायन लारा वेष्ट इन्डिजका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् उनले १० हजार ४०५ रन बनाएका छन् भने क्रिस गेलले १० हजार ३४५ रन बनाएका छन् । यो क्रममा उनले २५ शतक र ५३ अर्धशतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment