
१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
‘काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, एसएसपी सुवेदीले अनलाइनखबरसँग भने ।
यो पनि, सन्तोषको बयानः सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ
काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । यसले सर्वसाधारणमा त्रास सिर्जना गराएको छ । तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।
घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ । पक्राउ परेका व्यक्तिलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।
प्रतिक्रिया 4