Comments Add Comment

कोटेश्वर-कलंकी खण्डमा वृक्षारोपण : कसको सहभागीता कहाँ ?

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१४ असार, काठमाडौं । आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । काठमाडौं उपत्यकाको हकमा कोटेश्वर-कलंकी सडकखण्डमा करिब ३ हजार बिरुवा रोपिएको छ । कोटेश्वर क्षेत्रको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सहभागी  भएका छन् ।

कोटेश्वर-कलंकी क्षेत्रलाई नौ खण्डमा बिभाजन गरी सम्पर्क व्यक्ति तोकेर सहभागीहरुको कार्यक्षेत्रसमेत तोकिएको छ । हरेक खण्डमा सम्पर्क व्यक्ति तोकिएको छ । साथै वृक्षरोपण कार्यक्रममा सहभागीहरुको कार्यक्षेत्र पनि निर्धारण गरिएको छ ।

कसको सहभागीता कहाँ ? हेर्नुहोस् यो तालिका

सडकखण्ड सम्पर्क व्यक्ति सहभागी
कोटेश्वर-बालकुमारी डा. राजेन्द्र के.सी. सांसद, राष्ट्रसेवक, प्रेस संगठन नेपाल, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु
बालकुमारी-ग्वार्को डा. बुद्धिसागर पौडेल, सहसचिव सांसद, राष्ट्रसेवक, अखिल नेपाल महिला संघ लगायत अन्य नागरिक संघ संस्थाहरु
ग्वार्को-बीएण्डबी मोहन जोशी, सहसचिव सांसद, राष्ट्रसेवक, नेपाल वुद्धिजिवी संगठन, नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ लगायत अन्य नागरिक संघ संस्थाहरु
बीएण्डबी-सातदोबाटो डा. इन्द्र सापकोटा, उपसचिव सांसद, राष्ट्रसेवक, खेलकुद महासंघ नेपाल, भूतपूर्व सैनिक तथा जनमुक्ति सेना नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु
सातदोबाटो-महालक्ष्मीस्थान डा. रामचन्द्र कंडेल, सहसचिव सांसद, राष्ट्रसेवक, नेपाल आदिवासी जनजाति महासंघ लगायत अन्य नागरिक संघ संस्थाहरु
महालक्ष्मीस्थान-एकान्तकुना ज्योती जोशी भट्ट, सहसचिव सांसद, राष्ट्रसेवक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन, जनसाँस्कृतिक महासंघ नेपाल, पेशागत महासंघ नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु
एकान्तकुना-बागडोल चन्द्रमान डंगोल, सहसचिव सांसद, राष्ट्रसेवक, युवा संगठन नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु
बागडोल-बल्खु सुधिर कोइराला, सहसचिव सांसद, राष्ट्रसेवक, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेडयुनियन महासंघ नेपाल लगायत अन्य नागरिक संघ संस्थाहरु
बल्खु-कलंकी पशुपति कोइराला, उपसचिव सांसद, राष्ट्रसेवक, नेपाल मुस्लिम संगठन नेपाल, नेपाल मुक्ति संगठन,नेपाल भूमीहिन सुकुम्बासी संगठन लगायत अन्य नागरिक संघ संस्थाहरु
नोट: अपांगता भएकाहरुको हकमा पायक पर्ने स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment