Comments Add Comment

दुर्गा मन्दिर क्लब तिलोत्तमा मेयर कपको अन्तिम आठमा

१५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता अन्तगर्ग आइतबार भएको खेलमा दुर्गा मन्दिर क्लब (डीएमसी) तुल्सीपुर विजयी हुँदै अन्तिम आठमा स्थान पक्का गरेको छ ।

तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा आइतबार सम्पन्न खेलमा डीएमसीले घरेलु टिम सिद्धार्थ युवा क्लब चपरहट्टीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुबै टिमले एक–एक गोलको बराबरी खेले पनि दोस्रो हाफमा डीएमसी हावी भएको थियो ।

डीएमसीको जितमा अमिर श्रेष्ठले ३४ मिनेट, लक्ष्मण चौधरीले ७० मिनेट र प्रितम साङबुले ७५ मिनेटमा गोल गरेका थिए । सिद्धार्थका लागि एक मात्र सान्त्वना गोल अनिश गुरुङले ३६ औं मिनेटमा गरेका थिए ।

सोमबारको खेल सैनामैनाको थ्रीस्टार युथ क्लब र सौभाग्य युवा क्लब बुटवलबीच दिउँसो ४ हुने आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए ।

रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ नगदसहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment