+
+

सेनाको हेलिकोप्टरमा ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १४:२१

१५ असार, काठमाडौं । संखुवासभाको सिलिचोङ-१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडाैंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो ।

नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।

उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।

कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको विवरण आए पनि ती व्यक्ति विप्लव समूहको थिए/थिएनन् भन्ने पुष्टि भएको छैन ।
तर, त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?