+

बंगलादेशलाई हराए भारत सेमिफाइनलमा

२०७६ असार  १७ गते ६:०५ २०७६ असार १७ गते ६:०५
बंगलादेशलाई हराए भारत सेमिफाइनलमा

१७ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज बलियो भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

विर्मिङहृयाममा नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्दैछ । सेमिफाइनल नजिक रहेको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । बंगलादेशविरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वषर्ाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । अब भारत फाइनल पुग्नका लागि एक खेल काफी छ ।

यता, बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वषर्ाको कारण अंक बाँड्दै सात अंक बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय